काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न पुनः सिंहदरबार पुगेका छन् । ओली तीन दिनमा दोस्रो पटक प्रधानमन्त्री भेट्न सिंहदारबार पुगेका हुन् । स्रोतका अनुसार अहिले प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटवार्ता जारी छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा गठी गरेको प्रकरणमा पूर्वउप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव एवं सांसद टोबहादुर रायमाझी मुछिएपछि ओलीको दौडधुप बढेको छ । दुई दिनअघि भएको भेटमा ओलीले एमाले नेताहरुलाई अनावश्यकरुपमा मुछ्न खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।
सचिव रायमाझी भने अहिले सम्पर्कविहीन छन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले पक्राउ गर्ने तयारी गरेका बेला उनी फारार रहेका हुन् । अहिले ठगी गर्ने गिरोहका नाइकेहरू केशव दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ र टंक गुरुङ पनि पक्राउ परिसकेका छन् ।
यसैगरी उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र रायमाझीका छोरा सन्देशलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईसमेत मुछिएका छन् ।
प्रतिक्रिया