Logo

राजनीति

नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाणमाथि तथ्यहीन आरोप लगाइएको भन्दै तरुण दलको आपत्ति



काठमाडौं । पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई चरित्र हत्या गर्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको भन्दै आपत्ति जनाएको छ । शनिबार तरुण दलका अध्यक्ष विद्धान गुरुङले एक विज्ञप्ति जारी गर्दै संचारमाध्यममा खाणको संलग्नता रहेको भन्दै तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण भएको उल्लेख गरे ।

‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य, नेपाल तरुण दलका पूर्व अध्यक्ष, नेपाल सरकारको निवर्तमान गृहमन्त्री बालकृष्ण खाँण ज्यूको बारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथ्यहीन र भ्रमक समाचारप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

यसैगरी तरुण दलले समाजमा भ्रम एवं एन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्र हत्या हुने खालको समाचार सम्प्रेषण गर्नसमेत आग्रह गरेको छ । साथै आफ्नो तह र क्षेत्रबाट सरकार र प्रहरीलाई निष्पक्ष अनुसन्धानको लागि सहयोग गर्न तयार रहेको पनि तरुण दलले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार १४:१३   :  बजे

1.4K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।