काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रेमचन्द्र दाहालले प्रदेशसभा सदस्य छत्रबहादुर बम्जनलाई काम गरेर देखाउन सुझाव दिएका छन् ।
शनिबार आयोजित सिन्धुली काठमाडौं सम्पर्क समितिको अधिवेशनलाई सम्बोधन गर्दै प्रेमचन्द्रले पार्टीको क्षेत्रीय सभापतिसमेत रहेका प्रदेशसभा सदस्य छत्रलाई अब काम गर्न केहीले नरोक्ने धारणा राखेका हुन् ।
‘क्षेत्रीय सभापति तपाईं, चुनाव जित्ने तपाईं अब के चाहियो ? अब काम गर्नुस् न । अब के खोजेको ?’, उनले भने, ‘सबै पद हुँदा पनि तपाईंलाई काम गर्न के ले रोक्यो ? अब काम गर्नुस् पद न खोज्नुस् ।’
उनले अब नेपाली काङ्ग्रेसलाई सुधार गर्न आफैबाट सुरु गर्नुपर्ने धारण राखे ।
प्रतिक्रिया