Logo

प्रमुख समाचार

नागरिकता विद्येयक संसदमा ल्याएर छलफल हुनुपर्छ : रघुजी पन्त



काठमाडौं । संसदमा नेकपा एमालको सांसद रघुजी पन्तले नागरिकता विद्येयक त्यतिकै पुन प्रमाणिकरण गर्न नहुने बताएका छन् ।

उनले पूर्व राष्ट्रपतिले प्रमाणिकरण नगरिदिएको विद्येयक फेरि संसदमा ल्याएर छलफल गरेर पारित गर्नुपर्ने बताए ।

उनले भने, ‘कानून बनाउने अधिकार यो संसदको हो । नागरिकता विद्येयक नागरिकता स्वीकृत गराएर जारी गर्ने षड्यन्त्र हुँदै आएको भन्ने सुनिएको छ । नगरिकता विद्येयक हिउँदे अधिवेशनमा किन नल्याएको ?’ उनले नागरिकता विद्येयक संसदमा छलफलमा ल्याउन जोडदार माग गरेका छन् । उनले एमालेले पनि नागरिकता विद्येयक पास गर्न सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १६:४६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।