काठमाडौं । नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले भ्रष्टाचारको काण्डमा कान्टनमेन्टको फिल्म हेर्न चाहेको बताएका छन् ।
उनले भ्रष्टाचारका सबै काण्डहरु खोलिनुपर्ने बताएका छन् । उनले भने, ‘प्रधानमन्त्री ज्यूले मलाई दबाब छ । म दबाब मान्दिन भन्नुभएको छ । दबाबको मार्फत हो । प्रधानमन्त्री ज्यूलाई बोल्नलाई यो सभामा समय दिन अनुरोध गर्दछु । म त्यो क्यान्टनमेन्टमा जुन भ्रष्टाचार भएको छ । म त्यसको फ्लिम हेर्न चाहन्छु । त्यो फिल्म हेर्ने व्यवस्था प्युठानी जनताको तर्फबाट टिकट काटेर आएको छु । म टिकट पाएर आएको छु । म यो कान्टमेनटमा अर्बौ भ्रष्ट्राचार भएको छ, त्यो फिल्म हेर्न चाहन्छु ।’ उनले कमानसिंह लामामार्फत भएको भ्रष्टाचार पनि हेर्न चाहेको बताए ।
प्रतिक्रिया