Logo

राजनीति

नक्कली शरणार्थी प्रकरण : सचिव पाण्डेमाथि हिरासतमै थप ७ दिन अनुसन्धान हुने



काठमाडौं । नेपाल सरकारका सचिव टेकनारायण पाण्डेमाथि प्रहरीले हिरातसमै राखेर थप सात दिन अनुसन्धान गर्ने अनुमति पाएका छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर भएको गठी मुद्दामा पक्राउ परेका पाण्डलेमाथि अनुसन्धान गर्न यसअघि लिइएको तीन दिनको समय आज सकिएको तर अनुसन्धान नकिएपछि अदालतबाट थप सात दिनको समय प्रहरीले लिएको हो ।

२० वैशाखमा जिल्ला अदालत काठमाडौंले पाण्डेलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उक्त ३ दिनको म्याद आइतबार सकिएपछि प्रहरीले अनुसन्धान नसकिएको भन्दै हिरासतमा राख्ने समय थप गरिदिन अदालतमा पेश गरेको थियो ।

पाण्डेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । नक्कली शरणार्थी प्रकरणमा पाण्डेसँगै अहिले ८ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । अझै थप १०/११ जना पक्राउ पर्न सक्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले यसअघि नै बताइसकेका छन् ।

प्रकाशित मिति : बैशाख २४, २०८० आईतबार  ६ : ३४ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।