काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘अति भयो’ भन्दै पार्टीभित्र चरम असन्तुष्टिको संकेत गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अहिलेसम्म पार्टीको जिम्मेवारी र सीमाका कारण प्रतिरोध गर्न नसके पनि अब मौन नबस्ने उल्लेख गरेका छन् ।
‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ । तर, हरेक पटक सोचें, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहें त कहिले भित्रै आफ्ना मत र अडान राखें, लडें, साथीहरूलाई सम्झाएँ ।’, उनले लेखेका छन्, ‘तर, अब त अति भयो !’
प्रतिक्रिया