Logo

प्रमुख समाचार

सांसद अमरेशकुमार सिंहले संसदमै लुगा खोलेपछि…



काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसदमै लुगा खोलेर अनौठो व्यवहार प्रदर्शन गरेका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ हुनभन्दा पहिले विशेष समयको प्रबन्ध नगरिएका करण उनलाई आफ्नो कुरा राख्न सभामुख देवराज घिमिरेले अनुमति दिएनन् ।

त्यसपछि समाभुख घिमिरेले बैठक सञ्चालन नियमावलीको ख्याल गर्न र नियममित कारबारहीलाई अगाडी बढाउन सहयोग गर्न आग्रह गरे । तर जबरजस्ती उठेर बोल्न दिन आग्रह गरेका सांसद सिंहले बोल्ने समय नपाएपछि आफूले लगाएका सर्ट फुकालेर फाले ।

सांसद सिंहको उक्त गतिविधिपछि सभामुखले बैठकको संचालन नियमावलीको नियम २१ खण्ड घ आकर्षित गर्दै अशिष्ट, अश्लिल र आपत्तिजनक व्यावहार नगर्न चेतावनी दिए । उक्त चेतावनीपछि उनले सर्ट लगाएर बसे ।

त्यसपछि शून्य समयको कारबाही प्रारम्भ भयो । शून्य समयको प्रारम्भमा समय लिएर बोलेका अच्युतप्रसाद मैनालीले सांसद सिंहले संसदमा देखाएको गतिविधि उल्लेख गर्दै स्वास्थ्य जाँच गर्न आग्रह गरे ।

प्रकाशित मिति : बैशाख २५, २०८० सोमबार  ११ : ४९ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।