Logo

प्रमुख समाचार

नक्कली शरणार्थी प्रकरण पेचिलाे बन्दै गएपछि बाक्लिएकाे प्रचण्ड-ओली वार्ताले आज पनि पायाे निरन्तरता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पुनः भेटवार्ता भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण पेचिलो बन्दै गएपछि बाक्लिएको प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटवार्ताले आज (सोमबार) पनि निरन्तरता पाएको हो ।

संवैधानिक परिषदको बैठक लगतै उनीहरुबीच छुट्टै भेटवार्ता भएको हो । भेटपछि ओलीले पत्रकारले सोधेको प्रश्नमा ओलीले ब्यांग्यत्मक जवाफ दिए । फिल्म तयार भयो त भनि पत्रकारले सोधेको जिज्ञासामा अध्यक्ष ओलीले भने, ‘रिल तयार भएको छैन रे !’

नक्कली शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ८७५ युवाबाट करोडौं रुपैयाँ असुल गरेको गिरोहमा संलग्न रहेको पाइएपछि सांसदसमेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपनि पक्राउ पर्न सकेका छैनन् । त्यस्तै एमालेकै उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर बादलको समेत संलग्नबारे आशंका भइरहेका बेला प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बारम्बार छलफल भइरहेको हो ।

प्रचण्डले उक्त प्रकरणका दोषीलाई कारबाही गर्न आफू कसैको दबाबमा नपर्ने अभिव्यक्ति दिएपछि ओलीले प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टलाई जोगाउने र प्रतिपक्षीहरुलाई मुद्दामा फसाउने खेलमा रहेको टिप्पणीसमेत गरेका छन् । यस प्रकरणलाई लिएर सदनमा पनि चर्कै रुपमा कुरा उठेको र सरकारले संलग्न व्यक्ति र अनुसन्धानको विषयमा स्पष्ट जानकारी दिनुपर्ने माग हुँदै आएको छ ।

प्रकाशित मिति : बैशाख २५, २०८० सोमबार  ९ : ०४ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।