Logo

राजनीति

शीर्ष तीन नेताबीच बालुवाटारमा छलफल जारी



काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपति कार्यालयमा अलपत्र बनेको नागरिकता विधेयकको बारेमा पनि तीन नेताबीच छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार  १० : ५० बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।