Logo

राजनीति

‘नक्कली शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग’



काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणका दोषी जोगाउने काम भईरहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरू ठाकुर गैरे, तेजुलाल चौधरी, डा. तोसिमा कार्कीलगायतका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए । तर, कुनै पनि बाहनामा छानबिन र दोषीमाथि कारबाही गर्नबाट सरकार पछि हट्न नहुने भन्दै उनीहरूले ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार  १२ : ०० बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।