काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । सातदोबाटोस्थित उनको घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मारेको हो ।
नक्कली शरणार्थी प्रकरण पक्राउ पुर्जी जारी भएपछि फारार रहेका रायमाझी पूर्वउप्रधानमन्त्रीसमेत हुन् । उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको पनि प्रहरीले अहिलसम्म पक्राउ नगरेको र जोगाउन खोजिएको भन्दै आलोचना भइरहेको छ ।
प्रहरीले सोमबार मात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेको थियो । प्रहरी स्राेतका अनुसार रायमाझी बुटवल हुँदै भारत पुगेको प्रहरीले निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया