काठमाडौं । सरकारले ४४ जना सहसचिवको सरूवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले एकै पटक ४४ जना सहसचिवको सरूवा गर्ने निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमा कार्यररत अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा गरिएको छ भने भरत खनाललाई सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा सरूवा गरिएको छ ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमै कार्यरत सहसचिव कृष्णप्रसाद धिताललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरूवा गरिएको छ ।
कसको सरुवा कहाँ ?
प्रतिक्रिया