काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउन खोज्नु देशप्रतिको ठूलो गद्दारी हुने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय भूटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न चेतावनी दिए ।
उनले भने, ‘प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईँहरुलाई देशको माया छ भने अपराधलाई बचाउने, मुद्दालाई कमजोर बनाउने काम गर्नुभयो भने यो देशका लागि ठूलो गद्दारी हुनेछ ।’ नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने काम ठगी मात्रै नभइ मानव बेचबिखन र राष्ट्र विरोधी कुकृत्य भएको रावलले बताए ।
प्रतिक्रिया