काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाँणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । प्रहरीले त्यो अडियोमाथि पनि अनुसन्धान गरिरहेको छ ।
यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।
प्रतिक्रिया