काठमाडौं । पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै झन्डै एक हजार सर्वधारणबाट रकम असुल गर्ने संगठित गिरोहमा मुछिएका खाँण पक्राउ परेलगत्तै प्रहरीले उनका निजी सचिव केसीलाई पनि पक्राउ गरेको हो ।
पक्राउ परेका खाँण र केसीलाई प्रहरीले महानगरीय प्रहरी परिसर टेकु पुर्याएको छ । भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि प्रहरीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
खाँण गृहमन्त्री हुँदा गृह सचिव रहेका टेकनारायण पाण्डेसहित १० जना पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका निजी सचिवको समेत नाम लिएका थिए ।
प्रतिक्रिया