Logo

प्रमुख समाचार

शरणार्थी प्रकरणबारे संसदलाई जानकारी गराउन राप्रपाको माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउन माग गरेको छ ।

प्रतिनिधिसभाको दोस्रो बैठकको सुरुमै आकस्मिक समय लिएर उनले नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर अपराध रहेको भन्दै सदनलाई जानकारी गराउन सरकारको नाममा रुलिङको माग गरे । आजको पहिलो बैठकमा सभामुखले राप्रपाका सांसदलाई बोल्न समय नदिए पछि अवरोध भएको थियो ।

यसमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको उनले बताए । उनले भने, ‘यो प्रकरणमा संलग्नलाई छुट दिने त कुरै नगरौं कुनै पनि बहानामा कमजोर बनाउने र उन्मुक्ति दिने काम सरकारले गर्न हुँदैन ।’

प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार  १२ : ४३ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।