काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीको खोजी सूचीमा रहेका एमाले सचिव टोपबहादुर रायमाझीले आफू बिरामी भएको पत्र संसद सचिवालयलाई पठाएका छन् ।
सभामुखलाई सम्बोधन गरिएको रायमाझीको पत्र प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अनलाइनपानालाई जानकारी दिए ।
एमाले केन्द्रीय सचिव समेत रहेका रायमाझीलाई पार्टीले बुधबारै पदबाट निलम्बन गरेको छ । गत बुधबार रायमाझीलाई अदालतले पक्राउ पुर्जी जारी गरेपछि सम्पर्कविहीन भएका छन् ।
प्रतिक्रिया