Logo

प्रमुख समाचार

पैसा आउने भएर नेताहरुले भुटानी शरणार्थी समस्या समाधान नगरेका रहेछन् : दिपकराज गिरी



काठमाडौं । अभिनेता दिपकराज गिरीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे नेताहरुलाई व्यंग्य गरेका छन् । उनले नेतालाई भुटान शरणार्थीलाई आफ्नाे देश फर्काउदा पैसा आउने भएर भुटानी शरणार्थी समस्याकाे समाधान नभएकाे उल्लेख गरेका छन् । भुटानले नेपाली भाषीलाई देश निकाला गरेपछि भारत हुँदै नेपालमा आएर संयुत्त राष्ट्रसंघकाे निगरानीमा बसेका थिए ।

भुटानले आफ्नाे देश फर्कन नदिएपछि उनीहरुलाई तेस्राे मुलुक पठाएर समस्याकाे समाधान गर्ने प्रयत्न भएकाे थियाे । त्यसमध्ये अमेरिकाले भुटान शरणार्थीलाई आफ्नाे देशमा आउन बाटाे खाेलिदिएकाे थियाे । नेपालका कतिभय भीभीआइपीहरु पनि जाेडिएकाे भुटान शरणार्थी प्रकरणमा नेपालीलाई अमेरिका पठाउन भुटानी शरणार्थीकाे परिचय बनाएर कराेडाैं ठगी गरेकाले भुटानी शरणार्थीकाे समस्या समाधान नभएकाे गिरीकाे दाबी छ ।

कतिपय भुटानी शरणार्थी गिरीले सामाजिक संजालमा लेखेका छन्, ‘भूटानी शरणार्थीलाई उस्को देश फर्काउन हाम्रा नेताले राम्रो भूमिका किन खेलेनन् भनेको त भूटान फर्काउदा त पैसो आउने रहेनछ ।’

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १७:१०   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।