काठमाडौं । शीर्ष नेताहरुको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि थपिएका छन् ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो ।
अहिले छलफलमा गृहमन्त्री श्रेष्ठ पनि थपिएका छन् । छलफलको एजेण्डा संक्रमणकालीन न्यायसम्बन्धी विषय भनिएको छ ।
‘यो बैठक हिजोकै छलफलको निरन्तरता हो, उहाँहरुबीच टीआरसीबारे छलफल गर्ने भन्ने छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
प्रतिक्रिया