Logo

प्रमुख समाचार

नक्कली शरणार्थी प्रकरणमा आरजु र मञ्जु खाणसँगै केपी ओली पनि पक्राउ पर्छन् : युवराज सफल [अन्तर्वार्ता]



नागरिकता विवादमा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई सर्वोच्च अदालतले गत माघ १३ गते दोषी ठहर गर्दै भएभरका पदबाट मुक्त गराइदियो–जुन मुद्दा युवराज पौडेल सफलले हालेका थिए । त्यपछि १० वैशाखको उपनिर्वाचनबाट रवि पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर आइसके पनि उनै सफल रविविरुद्ध मुद्दा हाल्न भने छानेका छैनन् । सोमबार (वैशाख २५ गते) पनि रवि पदमा बहाल रहन अयोग्य रहेको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

अहिले सर्वत्र चासो र चर्चाको विषय बनेको नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवाती खुलासा पनि आफ्नै टिमले गरेको अनुन्धानपछि बाहिर आएको सफल दाबी गर्छन् । मदन भण्डारी हत्याकाण्डदेखि निर्मला प्रकरणसम्मका दोषी पत्ता लाउन सक्नेसम्मको सूचना आफूसँग भएको उनी बताउँछन् । आखिर कहाँबाट आउँछ सफललाई यस्तो सूचना ? प्रस्तुत छ, उनै ‘भाइरल म्यान’ सफलसँग गरिएको कुराकानीको सम्पादित अंश :–

भ्रष्टाचार, अन्याय अत्याचारविरुद्ध भनेर मार्चा बनाएर लागि पर्नुभएको छ । अहिले नक्कली शरणार्थी प्रकरणमा धमाधम उच्च पदस्थ व्यक्ति (भीआईपी) हरु पक्राउ परिहरको छन् । यसलाई चाहिँ कसरी हेरिहरनुभएको छ ?
नक्कली शरणार्थी प्रकरणका विषयमा हाम्रो इन्टरनेशनल इन्टेलिजेन्स ब्यूरोले फाइलहरु अध्ययन गरिरहेको थियो । हाम्रो रिपार्टअनुसार तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, त्यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको संलग्तनामा यो काण्ड गराइएको छ ।

यसमा केपी शर्मा ओलीले अस्ति प्रचण्डलाई भेटेर फर्कने बेलामा के भन्नुभा थ्यो भने अमेरिकामा भुटानी शरणार्थी लाने, यसका बारेमा सबै छलफल सरकारले गर्या हो, मैले गर्या हो भनेर यसको जिम्मेवारी ओलीले लिनुभयो भनेपछि यसमा तत्काली प्रधानमन्त्री केपी शर्मा ओली, त्यसबेलाका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन गृहसचिव प्रेमकुमार राईको यसमा संलग्नता छ । हामीले उहाँहरुको नाम तोकेर गृहमन्त्रालयमा उजुरी दियौं । बादलसहित टोपबहादुर रायमाझी, प्रेमकुमार राई, सचिव टेकनारायण पाण्डेसहितविरुद्ध वैशाख ४ मा हामीले उजुरी दर्ता गर्यौं । त्यसैको आधारमा चाहिँ भीआईपीहरु पक्राउ परिरहेका हुन् । केपी शर्मा ओलीलाई पनि पक्राउ गर्नुपर्छ भनेर हामीले अर्को उजुरी पनि दिएका छौं ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पक्राउ गर्नै पर्ने कुनै सबुत छ तपाईसँग ?
उहाँ आफैले भन्नुभएको छ । अहिले बालकृष्ण खाण पक्राउ परिसकेपछि देउवामाथि पनि छानबिन गर्नुपर्छ । उहाँको श्रीमती आरजु राणा, खाणकी श्रीमती मञ्जु खाण स्वयमं संलग्न हुनुहुन्छ, त्यत्तिखेरको गृहसचिव प्रेमकुमार राईलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ । गृहमन्त्री बादलको पनि संलग्नता छ भनिसकेपछि उहाँहरु सबैले त केपी ओलीलाई नै देखाउनुहुन्छ । त्यत्रो ठूलो केशमा प्रधानमन्त्रीको संलग्नताबिना त सम्भव थिएन पक्कै । यिनीहरुले अहिले उन्मुक्ती पाए भने श्रीलंकामा जस्तो जनता जागेर ठेगान लाउँछन् ।

मलाई लाग्छ प्रचण्ड प्रधानमन्त्री र हक्की स्वभावका गृहमन्त्री नारायणकाजी श्रेष्ठ भएका बेला उहाँहरुले जुन खालको साहस गर्नुभयो, यसका लागि धन्यवाद दिनुपर्छ ।

तपाईँले नाम लिनुभएका भीआईपीहरु पक्राउ पर्छन् नै भन्ने आधार के त ?
केपी शर्मा ओलीले भन्नुभयो त, यो शरणार्थी प्रकरणसम्बन्धी काम हामीले हेरेको हो । हामीले छलफल गरेको हो । हामीले अमेरिकासँग सल्लाह गर्या हो भनेर भन्नुभा छ । त्यही सरकारले शरणार्थीसम्बन्धी काम गर्ने कार्यदल बनायो । त्यही कार्यदलले प्रतिवेदन बनायो । त्यही तत्कालीन सरकारकै कारण यो सबै भइरहेको हो नि त । गृहमन्त्री, गृहसचिवको संलग्नता भनेपछि एउटा सानो कुरा प्रधानमन्त्री र मुख्यसचिवलाई नदेखाइ गरिन्छ त ? यसैका आधारमा चाहिँ उहाँहरुको संलग्नता पुष्टि भइसक्यो । त्यसकारण देउवा, प्रचण्ड, ओली जतिसुकै बैठक बसेपनि यही कसुरदारहरु उम्कन सक्ने अवस्था छैन । नेपालको संविधान र कुनै कानुनले रोक्न सक्दैन भन्ने मलाई लाग्छ । यो केशबाट कसरी कसलाई बचाउने भनेर उहाँहरु दिनका दिन छलफल गर्नुहुन्छ, उहाँहरको संलग्नता पुष्टि गर्ने अर्को प्रमाण यो पनि हो ।

नक्कली शरणार्थी प्रकरणलाई लिएर अहिले जसरी शीर्ष नेताहरुबीच भेटवार्ता, छलफल भइराख्या छ, यसलाई निष्कर्षमा पुग्न दिइएला ?
उहाँहरुले यो प्रकरणलाई प्रभावित पार्न खोजिरहनुभएको छ । तर नारायणकाजी श्रेष्ठ जो हक्की स्वभावको गृह तथा उपप्रधानमन्त्री हुनुहुन्छ, उहाँले अब सकैलाई छाड्न हुँदैन । उहाँले अरुलाई छाड्नुभयो भने फेरि जनताले उहालाई छोड्दैनन् । प्रचण्डलाई जनताले छोड्दैनन् । कसुरदारहरुको जात, धर्म, लिंग, पार्टी केहीलाई हेर्न हुँदैन । उनीहरु सिर्फ आरोपित हुन् ।
करोडौं लिएको–दिएको अडियो बाहिरएका छन् । यसले यति करोड लिएको भन्ने प्रमाणहरु फेला परेका छन् । यो हुँदाहुँदै कसरी छाड्न मिल्छ ? यदी यो प्रकरणमा संलग्न कसैलाई छाड्ने प्रयत्न गरियो भने यसविरुद्ध समाजवादी मोर्चाले सबैलाई एउटै खाल्डामा हाल्छ । यसमा हामीलाई जनताले साथ दिन्छन् । किन भने जनताले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । विकृति विसंगतीलाई अत्य गर्नुपर्छ भनेर जनताले भनिरहेका छन् ।

कांग्रेस र एमालेनिकट भीआईपीहरु जोगाउन प्रचण्ड नेतृत्वको सरकार नै ढल्ने त होइन ? यो सम्भावना कतिको देख्नुहुन्छ यहाँले ?
मलाई लाग्छ सत्ता परिवर्तन सम्मकै अवस्थामा चाहिँ नपुग्ला । किने भने पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परे । तर शेरबहादुर देउवाले उनलाई लुकाउने, भगाउने केही गरेनन् नी । राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ ढाकाकुमार श्रेष्ठलाई ७२ घण्टामा कारबाही गर्यो । पछि सर्वोच्चले थमौती दियो त्यो अलगत कुरा भयो । मानौं नाटकै होला, तर कारबाही त गर्यो नि । तर त्यही एमालेले टोपबहादुर रायमाझीलाई भगायो । यसैगरी देउवाले चाहेको भए बालकृष्ण खाणलाई पनि गायब पार्न सक्थे नि । तर किन यसो भएन भन्दा कांग्रेस प्रजातान्त्रिक पार्टी हो ।

देउवा पत्नी आरजु राणा र खाण पत्नी मञ्जुलाई पक्राउ गर्नुपर्ने अवस्था आयो भने पनि देउवाले कुनै चलखेल गर्ने छैनन् उसोभए, हाइन त ?
त्यसो गर्नुभयो भने देउवा जी सिकनुभो त । कांग्रेस नै सकिन्छ । त्यसपछि कांग्रेस एमालेमा के फरक भयो र ! पक्राउ पुर्जी जारी भइसकेको टोपबहादुरलाई एमालेले भगायो । यो त लास्टमा हामीले कुरा मिलाउँछौं भनेर भगाइएको न हो । कांग्रेसले बालकृष्ण खाणलाई पक्राउ गर्दा कांग्रेसले रोकेन । अवरोध गरेन नि त ! तर टोबहादुर किन भाग्न पाए भन्दा यस्ता भगौडाहरुलाई संरक्षण गर्ने काम चाहिँ केपी शर्मा ओलीले गर्नुहुन्छ ।

टोबहादुरलाई तानेपछि बादल नानिने भए, बादलसँगै ओली तानिने भए किनभने संरक्षक त ओली नै हुन् । आफै चाहिँ खाल्डोमा पर्ने भइसकेपछि लडाकु क्यान्टोनमेन्टको काण्ड छ नि तेरो पनि खोल्त त्यो, फिल्म देखा त, हामी फिल्म हेर्छौं भन्ने कुरा आइसक्यो ।

कान्टोनमेन्ट काण्डलाई नखोतल्ने सर्तमा यी भीआईपीलाई पनि रोक्दिनुपर्यो भन्ने खालको भित्री चलखेल छ । देउवा पनि हिजो वाइडबडी काण्डमा मुछिएका हुन् । कसैले क्यान्टोनमेन्टको, कसैले वाइडबडीको र कसैले यही भीआईपी जोगाउन यी देउवा, प्रचण्ड र ओलीबीच निरन्तर छलफल भइरहेको छ । तर अन्ततः यो भनेको सबै सखाप हुने मेला हो, यो हामी नेपालीहरुको लागि खुसीको कुरा पनि हो ।

विभिन्न घटनाका विषयमा मिडियो र सीआईबीअघि थाहा हुन्छ भन्नुहुन्छ । सर्वप्रथम यसको ‘क्लू’ चाहिँ कहाँबाट पाउनुहुन्छ तपाईँले । तपाईँको पछाडि कस्तो शक्ति परिचालित छ ?
यो कुरा प्रयजसो सबैले सोधिराख्नुहुन्छ । हाम्रो एउटा इन्टरनेशनल इन्टेलिजेन्स ब्यूरो भन्ने संयन्त्र छ । टिममा को को छन्, के कसरी काम गर्छन् भन्ने कुरा हामीले अहिले बाहिर ल्याएका छैनौं । हाम्रो आचारसंहिताले त्यसलाई बाहिर ल्याउन दिँदैन, कतिपय गोपनीयताका कुरा पनि हुन्छन् । यसको देश तथा विदेशमा सूचकहरु छन् । यो नेपाली माटोमै फुलेको फलेको ब्यूरो हो । रअ, सीआईए नभन्नु होला फेरि । पहिलो हाम्रो सूचकहरुले सूचना ल्याउनुहुन्छ । त्यसलाई हाम्रो ब्यूरोको टिमले अनुन्धान गर्छ । ल्याको कुरा सबै सत्य हुँदैन नि । भेरिफाई जब हुन्छ तब हामीले सार्वजनिक गर्छौं । त्यसको स्वामित्व म संयोजक रहेको मोर्चाले लिन्छ ।

यसको प्रमुख को हुनुहुन्छ ? टिममा को को कति जना हुनुहुन्छ ?
गोपनीयताको कारण यो खुलाउन मिल्दैन ।

यो ब्यूरोका मुख्य उद्देश्य चाहिँ के त ?
रहस्यमय विषय, कालो पर्दाले ढाकेका, राजनीतिक शक्तिकेन्द्रको प्रभावमा ओझेलमा परेका विषय बाहिर ल्याउने हो । मलाई के विषयमा गर्व लाग्छ भने मदन भण्डारीको हत्याकाण्ड, दरबार हत्याकाण्ड र निर्मला बलात्कार तथा हत्याकाण्ड निष्कर्षमा पुर्याउने जिम्मा यदि नेपाल सरकारले हामीलाई दिन्छ भने ३ देखि ९ महिनामा पत्ता लाउन सक्छौं । हाम्रो ब्यूराको त्यत्तिसम्म चाहिँ सूचनामा पहुँच छ ।

हामीले सरकारबाट अनुमति पाउने हो भने २४ घण्टाभित्रमा निर्मला हत्या प्रकरणको दोषी घोषणा गरिदिन्छौं । दरबार हत्याकाण्ड त हामी पत्ता लाइदिन्छौं भने निर्ममला हत्या प्रकरण त के गाह्रो विषय भयो र !

इन्टरनेशनल इन्टेलिजेन्स ब्यूरो अन्तर्गत रहेका काम गर्ने टिम छ, जसले सूचकहरुले दिएका सूचना भेरिफाइ गर्छ भने तपाईँले भन्नुभयो । यसका लागि त राम्रै जनशक्ति त्यसमा विज्ञता हासिल गरेका चाहियो । कतिपय अनुसन्धानका विषय महिनौं वर्षौं पनि लाग्न सक्ने हुन्छन् । यसका लागि लगानी चाहियो । कहाँबाट सञ्चालन हुन्छ यो ब्यूरो ? यसको आयस्रोत के हो त ?
यो आम नेपाली जनताबाट सञ्चालित छ । हामी त्यत्तिसाह्रो खर्चिलो पनि छैनौं । (यसबारे उनले खुलेर बाेलेनन्)

तपाईँ रवि लामिछाविरुद्धको मुद्दा लिएर पटक पटक सर्वोच्च पुग्नुभएको छ । कतिसम्म भने तपाईँलाई रवि लामिछानेको महादुश्मन भनिन्छ । खास के हो ?
म त उहाँको एक नम्बरको मित्र हो । दुश्मन होइन । जसले एउटा अनागरिकलाई नागरिक बन्ने बाटो देखायो । मैले त मात्रै रवि लामिछाने नेपालको संविधान, ऐन, कानुन र नियम मान्न लगाएको न हुँ । खासमा भन्नुपर्दा उहाँसँग भेरो व्यक्तिगत चिनजान पनि छैन । तर म कानुनको कुरा गर्छु, उहाँको समर्थकले तथानाम मुख छाड्छन् । तर के भने जसले जे जान्दछ त्यही भन्ने गर्ने हो । उहाँहरुले जानेकै त्यही नै होला ।

भिडियाे हेर्नुहाेस्:–

प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार  ५ : ५० बजे

276
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।