काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार तीन दिनसम्म चल्ने बैठकमा १० वटा एजेन्डामा छलफल हुने छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै, निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका एजेन्डा छन् ।
यस्तै, बैठकमा पार्टीका नेता टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको विषयमा पनि छलफल हुने बताइएको छ । सांसद समेत रहेका रायमाझीलाई बुधवार सचिव पदबाट भने निलम्बन गरेको थियो ।
प्रतिक्रिया