Logo

प्रमुख समाचार

भुटानी शरणार्थीबारे छानबिन प्रक्रिया अगाडि बढेकोमा खुशी छु : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका दोषीलाई कारबाही हुने बताएका छन् ।

विहीबार पार्टी मुख्यालयमा पार्टीको पाँचौं केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीले भने, ‘सरकारले अहिले नक्कली भुटानी शरणार्थीबारे नियन्त्रणका लागि कदम चालेकोमा खुसी लागेको उनले बताए । ‘छानबिन प्रक्रिया अगाडि बढेकोमा खुशी नै छु ।’

उनले भ्रष्टाचार भएका छन् भने निष्पक्ष ढंगबाट छानबिन गरिनुपर्ने बताए । ‘भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्न हामीले सरकारलाई लगातार यही कुरा भनेका छौं ।’

पार्टीका नेता टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार एमालेले सचिवबाट निलम्बन गरेको थियो ।

ओलीले जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुन सक्ने बताए । ‘कसैले यसलाई यही दिन देख्नका लागि गणतन्त्र ल्याउन परेको थियो भन्ने अभिव्यक्ति, गणतन्त्रमा भ्रष्टाचार हुन्छ, राजतन्त्रमा भ्रष्टाचार हुँदैन भन्ने भाष्य अर्को ढंगबाट स्थापित गर्न खोजिएको छ । जुनसुकै प्रणालीमा पनि भ्रष्टाचार हुन सक्छ,’ उनले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार १२:४७   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।