काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले “जिउँदा शहीद” मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गरेका छन् । कायस्थ सानै उमेरमा लोकतन्त्र ल्याउनको लागि आफ्नो प्राण जोखिममा राखी नेपालको दोस्रो जनआन्दोलनमा होमिएका थिए ।
अध्यक्ष गुरुङले शोक वक्तव्यमार्फत भनेका छन्, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले निर्वाह गरेको भूमिका नेपाली इतिहासमा स्वर्णिम अक्षरले लेखिनेछ । उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । मृत आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति मेरो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।’
प्रतिक्रिया