काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाणलाई तत्काल कारबाही नगर्ने भएको छ । बिहीबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले नभागेर खाणले अनुसन्धानमा सहयोग गरेको निष्कर्ष निकाल्दै अदालतको फैसालपछि मात्रै थप कदम चाल्ने निर्णय गरेको हो ।
पूर्व गृहमन्त्री समेत रहेका खाणलाई पार्टीबाट निलम्बन गर्ने÷नगर्ने विषयमा सामान्य छलफल भएपनि निर्णय नभएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । ‘बुटवलबाट काठमाडौं आएको दोस्रो दिन उहाँलाई निवासबाटै प्रहरीले पक्राउ गरेको छ’, उनले बैठकपछि भने, ‘उहाँ भाग्न पनि सक्नुहुन्थ्यो । तर त्यसो नगरेर अनुसन्धानमा सहयोग गर्नुभएको छ ।’
कांग्रेस दोषीलाई उम्काउने पक्षमा नरहेको र अनुसन्धानलाई पार्टीले सघाउनुपर्छ भन्नेमा सबै एकमत रहेको पनि सहमहामन्त्री परियारले जानकारी गराए । अब अदालतको फैसलापछि खाणबारे पार्टीले निर्णय लिने विषयमा सबै सहमत भएको बताइएको छ ।
प्रतिक्रिया