काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ठूला भ्रष्टाचार काण्ड छानबिन गर्न आग्रह गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाको टोलीले शुक्रबार प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापन पत्र बुझाउँदै ठूला भ्रष्टाचारका फाइल खोलिनुपर्ने माग गरेका हुन् । ‘कुनै भ्रष्टचारीले उन्मुक्ति पाउनु हुन्न,’ लिङ्देनले भने, ‘सबै ठूलाठूला भ्रष्टाचार काण्डका फाइलहरू पनि खोलिनुपर्यो।’
प्रतिक्रिया