काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कबिहीन रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको खोजी गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद् सचिवालयबाट सीसीटीभी फुटेज लगेको छ ।
रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्नका लागि प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो ।मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म संसद् सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगेको संसद् सचिवालयले जनाएको छ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेपछि रायमाझी बेपत्ता भएका छन् ।
प्रतिक्रिया