Logo

प्रमुख समाचार

बाबुराम भट्टराई भन्छन्– ‘भ्रष्टाचार एक महामारी हाे, यसविरुद्ध एकीकृत भएर संघर्ष गर्नुपर्छ’



काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारविरूद्ध एकीकृत भएर संघर्ष गर्नुपर्ने बताएका छन् । भ्रष्टाचार एक महामारी हो भन्दै उनले यसवरुद्ध सडक, सदन र सरकारका सबै क्षेत्रबाट एकीकृत पहल र संघर्ष गर्नु जरूरी रहेका उनले उल्लेख गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले शनिबार सामाजिक संजालमार्फत यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘भ्रष्टाचार एक महामारी हो। यसका विरूद्ध सडक, सदन, सरकारका सबैक्षेत्रबाट एकीकृत पहल र संघर्ष गर्नु जरूरी हुन्छ ।’

भट्टराईले अहिले देशमा उद्धाटित भइरहेका ठूला भ्रष्टाचारकाण्ड विरूद्ध नागरिक स्तरबाट खबरदारीको शृंखला अघि बढ्नु स्वागतयोग्य रहेको पनि बताएका छन् । उनले लेखेका छन्, ‘अहिले देशमा उद्धाटित भैरहेका ठूला भ्रष्टाचारकाण्ड विरूद्ध नागरिक स्तरबाट खबरदारीको शृखला अघि बढ्नु स्वागतयोग्य छ। केही समयदेखि सुशासन–सदाचार सहितको वैकल्पिक राजनीतिको पहलकर्ताको नाताले हामी यो नागरिक अभियानप्रति पूर्ण ऐक्यबद्धता प्रकट गर्दछौं र देशभरका सबैलाई यो अभियानमा संलग्न हुन आग्रह गर्दछौं !’

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार १२:२७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।