Logo

प्रमुख समाचार

एमाले केन्द्रीय कमिटी बैठक : राजनीतिक प्रतिवेदनबारे जवाफ दिँदै अध्यक्ष ओली



काठमाडाैं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज पनि बसिरहेकाे छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजेदेखि बैठक सुरु भएकाे हाे ।

उनले स्थायी कमिटी बैठकले पारित गरेको एक वर्षको वार्षिक कार्ययोजनालाई बैठकले अनुमोदन गर्नेछ । यस्तै बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन र ‘मिसन ग्रासरुट’ अभियानमा गरिएको समीक्षा प्रतिवेदनमा जवाफ दिने हुने छन् ।

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी आगामी जेठदेखि चैतसम्म कार्ययोजना ल्याई सञ्चालन गर्ने जनाएको छ । यही वैशाख २८ गतेदेखि जारी रहेको एमाले केन्द्रीय कमिटी बैठक आज सकिनेछ ।

प्रकाशित मिति : बैशाख ३०, २०८० शनिबार  २ : ०७ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।