काठमाडौं । नागरिक अगुवाहरुले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माइतीघरमा भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले ‘करोडौंको महल तिमीलाई कसले किन्दियो, नेताहरुको घडीमा तस्करको ब्याट्री, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्ने’ जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भई भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए । विरोध प्रदर्शनपछि बोल्ने वक्ताहरुले नक्कली शरणार्थी प्रकरणले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको धारणा राखे ।
यसैगरी क्षणिक स्वार्थमा अहिलेका नेताहरुले काम गरिरहेको र देश अफ्ठ्यारोमा पर्दा विदेश भागेर जाने गरेका, सरकारलाई नै विश्वास गर्न सकिने अवस्था नरहेको जस्ता टिप्प्णी गरेका छन् ।
प्रतिक्रिया