काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बागमती प्रदेश लगायत विभिन्न जिल्लाका तरुण शभापतिहरुसँग छलफल गरेका छन् । तरुण दल केन्द्रीय कार्यालय रवि भवनमा आज (शनिबार) अध्यक्ष गुरुङले बागमती प्रदेशको जिल्ला शभापतिहरुसहित अन्य जिल्लाका तरुण अध्यक्षहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे विस्तृतमा छलफल गरेका हुन् ।
छलफलका क्रममा अध्यक्ष गुरुङले मुलुकको व्यवस्था परिवर्तन गर्न विभिन्न अस्वभाविक क्रियाकलाप बढेको आशंका व्यक्त गर्दै तरुणहरुलाई मुलुकमा उत्पन्न हुन सक्ने परिस्थितिप्रति सचेत रहन निर्देशन दिए । भ्रष्टाचाररहित सुशासनको पक्षमा सिंगो तरुण दल रहेको तर नेपाली कांग्रेसतिर मात्र तेर्साउने र अरु तिर मौन रहने हो भने नेपाल तरुण दल चुप लागेर बस्न नहुने कुरा छलफलमा उपस्थित अधिकांश नेताहरुले धारणा राखेका छन् ।
वर्तमान राजनितिक घटनाक्रमको सुक्ष्म रुपमा जानकारी राखेकोमा भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन नहुने र नेपाली कांग्रेसका नेताहरुलाई मात्र निशाना बनाएर अघि बढ्ने चेष्टा राखे नेपाल तरुण दल कडा रुपमा प्रस्तुत हुने उनको भनाइ थियो । भेलामा सबै तरुण नेताहरुले अहिलेको परिस्थितिमा पार्टीको सम्पूर्ण नेताहरुमा एकता हुनुपर्ने धारणा राखेका थिए ।
छलफलमा नेपाल तरुण दल मुख्य सचिव ठान प्रसाद पोखरेल, नेपाल तरुण दल काठमाडौं अध्यक्ष कृष्ण जि खड्काज्यु, सोलुखुम्बु अध्यक्ष अशोक झा, सिन्धुपाल्चोक अध्यक्ष सन्जय लामा, काभ्रे अध्यक्ष सुजन लामा, कैलाली अध्यक्ष दिपेन्द्र बम, डोल्पा अध्यक्ष तुल बहादुर बोहोरा, बारा अध्यक्ष लोकेश सिंह, नुवाकोट अध्यक्ष सिंहराज तामाङलगायतको उपस्थिति थियो ।
छलफलको क्रमलाई निरन्तरता दिँदै उपत्यका बाहिरको जिल्ला तरुण अध्यक्षहरुलाई तत्कालको लागि काठमाडौंमा रहन निर्देशन पनि अध्यक्ष गुरुङले दिएका छन् ।




















प्रतिक्रिया