Logo

राजनीति

जनताले महसुस गर्ने गरी काम गर्छौ : मुख्यमन्त्री पाण्डे



पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताएका छन् । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले आगामी नयाँ आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने बताउनुभयो ।

“आगामी आर्थिक वर्षको बजेट जनताका आवश्यकताका आधारमा आउँछ, कनिका छरे जस्तो बजेटले विकास हुन सक्दैन, जनताले दख्ने र महसुस गर्ने गरी काम गर्नेछौँ”, उनले भने । साना योजना र कामका लागि स्थानीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : बैशाख ३०, २०८० शनिबार  ५ : ०९ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।