काठमाडौं । नेकपा एमालेले नेपाली समाजमा संक्रामक रोगका रुपमा रहेका भ्रष्टाचारका सबै काण्डको निष्पक्ष छानबिन गर्नमा गरेको छ । तीन दिन बसेर आज (शनिबार) सकिएको एमालेको केन्द्रीय समिति बैठकले भ्रष्टाचारका सबै काण्डको निष्पक्ष छानबिन गर्न सम्बद्ध निकायसमक्ष आग्रह गर्नेसहितको १६ बुँदे प्रस्ताव पारित गरेको हो ।
भ्रष्टाचारका सबै काण्ड निष्पक्ष छानबिनका लागि आग्रह गर्ने भनिएपनि बैठकबाट पारित प्रस्तावमा ‘लडाकु शिविर घोटाला काण्ड’ मात्र तोकेर उल्लेख गरिएका छन् । यसबाहेक नेकपा एमालेका प्रभावशाली नेताहरु मुछिएका अन्य यस्तै काण्डहरुलाई भने ‘चर्चामा आएका सबै’ वाक्यांशभित्र सीमित पारिएको छ ।
बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै पनि राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीका लागि माग गरेको छ ।
यसैगरी बैठकबाट पारित प्रस्तावका अन्य बुँदाहरुमा मिसन ग्रासरूटमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापनदेखि ओली पूर्वको भ्रमण निस्कँदा भएको आक्रमणको प्रयासविरुद्ध खेद प्रकरणसका विषय छन् ।
पूर्णपाठ हेर्नुहोस् :–
प्रतिक्रिया