Logo

राजनीति

केन्द्रीय कमिटी बैठकमा संघीयताबारे कुनै निर्णय भएको छैन : एमाले



काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटी बैठकमा संघीयताबारे कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेले संघीयतामाथि पुनर्विचार नगर्ने अध्यक्ष केपी शर्मा ओलीले बताएको जानकारी दिए ।

‘एमालेको बैठकमा संघीयताको बारेमा बहस सुरु भयो । एमालेले संघीयतामाथि पुनर्विचार गर्ने भयो । अब संघीयता नमान्ने भन्ने हल्ला चलेका छन्’, उनले भने, ‘त्यो अध्यक्षले खारेज गर्नुभएको छ। संघीयता अहिले छलफलको विषय होइन।’

केही व्यक्तिले छलफलको क्रममा राखेको विषयलाई पार्टीको आधिकारिक निर्णय जस्तो गरेकोप्रति अध्यक्ष ओलीले आपत्ति जनाएको रिजाल भनाइ छ । बैठकमा गोकुल बास्कोटा, महेश बस्नेतलगायत नेताहरूले संघीयतामाथि पुर्नविचार गर्नुपर्ने सवाल उठाएका थिए ।

प्रकाशित मिति : बैशाख ३०, २०८० शनिबार  ७ : ३६ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।