Logo

राजनीति

शीर्ष तीन दलबीच बालुवाटारमा छलफल जारी



काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा संसद्मा विचाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरुसमेत मुछिन थालेपछि यी प्रमुख दलका शीर्ष नेताहरुबीच पटक-पटक छलफल र भेटघाट हुँदै आएको छ ।

प्रकाशित मिति : बैशाख ३१, २०८० आईतबार  ११ : ०९ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।