Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डद्वारा नीति तथा कार्यक्रमबारे संसद्का प्रमुख दलहरुसँग छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदका प्रमुख दलहरुसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेता, उपनेता तथा प्रमुख सचेतकहरू छलफल गरेका हुन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक रमेश लेखक, एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका प्रमुख सचेतक हितबहादुर पाण्डे सहभागी छन् । छलफलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी रहेका छन् ।

संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्ड, देउवा र ओ‌लीले त्यसअघि तीन जनाको मात्रै बैठक बसेका थिए ।

प्रकाशित मिति : बैशाख ३१, २०८० आईतबार  ११ : ४५ बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।