Logo

प्रमुख समाचार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक : संसदीय उपसमिति बनाएर अगाडि बढाउने तीन दलको निर्णय



काठमाडौं । प्रमुख तीन वटा राजनीतिक दलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गत उपसमिति गठन गरेर अगाडि बढाउने निर्णय गरेका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकमा विषयगत समितिको नेतृत्वमा सहमति जुटेको हाे ।

प्रतिनिधिसभाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाइ दफाबार छलफलका लागि कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको छ ।

‘विगतमा विशेष समिति गठन गर्ने भनिए पनि हाल विषयगत समिति गइसकेका कारण अब सम्बन्धित समितिमै उपसमिति बनाएर अगाडि बढाउने निर्णय भएको छ’, एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

उक्त बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता सुवास नेम्वाङलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १४:२६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।