Logo

प्रमुख समाचार

जनता समाजवादी पार्टीलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । जसपाले त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागमा कार्यरत सहप्राध्यापक उमाशंकर प्रसादलाई केन्द्रीय सदस्य बनाएर राजनीतिक दलसम्बन्धी कानुन उल्लघंन गरेको भन्दै कारबाही गर्न माग गर्दै उजुरी परेको हो ।

युवराज पौडेल (सफल)ले दिएका उजुरीमा विरुद्ध विश्वविद्यलाय सेवा नियमावलीमा कुनै राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्था रहेपनि प्रध्यापक उमाशंकर जसपा केन्द्रीय सदस्यका रुपमा राजनीतिमा सक्रिय रहेकोले उनलाई पनि कारबाही माग गरिएको छ ।

उमाशंकर पटक पटक देशको महत्वपूर्ण निकायमा रहिसकेको व्यक्ति भएकाले राजनीतिक दलको सदस्य हुनु गैरकानुनी मात्र नभई अनैतिक र अर्मयादित कार्यसमेत हुने दाबी गरिएको छ ।

प्रकाशित मिति : बैशाख ३१, २०८० आईतबार  ३ : ५३ बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।