काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको छ । राप्रपा नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै भ्रष्टाचारका काण्डलाई छानबिन गर्न दवाव दिने उद्देश्यका साथ काठमाडौंमा आमसभा गर्न लागेको हो ।
आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी प्रकरणको छानबिनलाई सशक्त बनाउन र अन्य भ्रष्टाचारका काण्डाका फाइल पनि खोल्न दबाबस्वरुप आमसभा गर्न लागेको बताए । उनले राप्रपा शसक्त प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताको पक्षमा आवाज उठाउने धारणा राखे ।
भ्रष्टाचारका विषयमा आवाज उठाउने नैतिक क्षमता भएको एकमात्रै पार्टी राप्रपा भएको अध्यक्ष लिङदेनको दाबी छ । उनले प्रहरीले राम्रो काम गरिरहेको भन्दै स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने जिकिर गरे ।
प्रतिक्रिया