Logo

प्रमुख समाचार

कांग्रेसलाई नै थाहा छैन कहाँ छिन् बालकृष्ण खाण पत्नी मन्जु ?



काठमाडौं । नेपाली कांग्रेसले सांसदसमेत रहेकी पार्टी नेतृ मञ्जु खाण कहाँ छिन् भन्नेबारे अनविज्ञता प्रकट गरेको छ । अर्थमन्त्रीसमेत रहेका कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी नेत्री मन्जु खाँण कहाँ छिन् भन्ने थाहा नभएको बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा नभएको बताए । नक्कली शरणार्थी प्रकरणमै पक्राउ परेका बालकृष्ण खाणकी धर्मपत्नी मञ्जु खाण सार्वजनिक सम्पर्क बाहिर छिन् ।

नक्कली शरणार्थी प्रकरणमा कसैलाई हचुवाका भरमा दोषी भन्न नहुनेमा महतको जोड छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १२:१०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।