Logo

राजनीति

‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउन दबाब दिइए इतिहासले माफी दिँदैन’



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउन दबाब दिन नहुनेमा जोड दिएका छन् । त्यस्तो गर्न खोजिए आपराधिक कर्म हुने र इतिहासले माफी निदने बताएका छन् ।

“नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको समाचार छ,” मंगलबार बिहान ट्विट गर्दै उनले भनेका छन्, “राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी, सहिदको रगतको अपमान, संविधान, कानुन र शासन प्रणाली मिच्ने आपराधिक कर्म हुनेछ । इतिहासले माफी दिने छैन ।”

प्रकाशित मिति : जेष्ठ २, २०८० मंगलबार  १२ : ५७ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।