Logo

प्रमुख समाचार

शरणार्थी प्रकरणबारे बाहिरिएकाे आरजुको अडियो झुटो भन्ने विश्वास छ : महत



काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणबारे बाहिरिएको पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवाको अडियो झुटो सावित हुने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यो प्रकरणबारे बाहिरिएको आरजुको अडियो झुटो भएको आफूहरूको विश्वास रहेको उनले बताए ।

उक्त अडियोलाई प्रमाणित गर्न राणाले नै प्रहरीमा उजुरी दिइसकेको उनले उल्लेख गरे । ‘उहाँ (आरजु राणा)को केसमा उहाँले प्रमाणित होस् भनेर उजुरी गर्नुभएको छ । ट्रायल गरेर दोषी हो भनेर भन्न भएन,” उनले भने, “यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अडियो झुटो हो भनेर विश्वास छ ।”

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १३:०९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।