Logo

प्रमुख समाचार

रेशम चौधरीको मुद्दामा बहस सकियो, उच्चकाे फैसला उल्टिने सम्भावना कति ?



काठमाडौं । कैलालीको टिकापुरमा भएको नरसंहारमा दोषी ठहरिएर कारगारमा कैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीको मुद्दामा बहस सकिएको छ । जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउँ भनि सर्वोच्च अदालतमा दिएको पुनरावेदनको रिटमाथि आज (मंगलबार) बहस भएको थियो ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार बहस सकिएको र सकेसम्म आजै फैसला आउनसक्ने पनि बताइएको छ ।

टिकापुरमा २०७२ सालमा उक्त नरसंहारमा यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले उनलाई दोषी ठहर गरेको थियो । अब सर्वाेच्चले उच्चकाे फैसला उल्ट्याए उनी थुनामुक्त हुने छन् ।

२०७७ फागुन १२ गते सर्वोच्च अदालतमा दर्ता भएको उक्त मुद्दा पटकपटक हेर्न नभ्याइनेमा परेको थियो । गत वैशाख २५ गते पेसीमा चढ्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जेठ १ गतेका लागि हेर्दाहेर्दैमा राखेका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १४:१४   :  बजे

420
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।