Logo

प्रमुख समाचार

कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति अत्यन्त जटिल रहेको बताएका छन् ।

३१ औं मदन-आश्रति स्मृति दिवसको अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको राजनीतिलाई मानिसहरुले हल्काफुल्का ढंगले लिन खोजे पनि परिस्थिति जटिल रहेको बताएका हुन् ।

‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको ! कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो । त्यो पार्टीलाई हावा न चावाको पार्टी बनाइयो,’ उनले भने ।

देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्य विमुढ, भोलि कहाँ जाने केही थाहा छैन जस्तै छ, आज देशलाई कसरी सही बाटोमा लैजाने हो त्यसमा सोच्न सक्ने अवस्थामा छैन ।’ वर्तमान सत्ता गठबन्धन नीति, कार्यक्रम र उद्देश्यविहीन भएको आरोपसमेत लगाए ।

अहिलेको गठबन्धन उद्देश्य, गन्तव्यहीन भएको आरोप लगाउँदै उनले अहिले विकास-निर्माण नहुनु, अस्थिरता र अराजकताबाट गुज्रनुको कारण सत्ता गठबन्धन नै भएको बताए ।

‘यति भयावह अवस्था छ, सरकार जान्छ कि टिक्छ भन्ने कुरामै छ । मैले अस्ति प्रधानमन्त्रीलाई भनें-भ्यागुतो सर्पका मुखमा परिसकेपछि झिँगोसिँगो आयो भने जिब्रो निकाल्छ खानलाई,’ उनले बताए ।

प्रकाशित मिति : जेष्ठ ३, २०८० बुधबार  १२ : १५ बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।