Logo

राजनीति

भुटानी शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन आज नबुझाउने



काठमाडौं । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधवार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिए पनि प्रहरीले प्रतिवेदन नबुझाउने भएको छ ।

वैशाख ३१ मा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले सो निर्देशन दिएका थिए । तर, सो समय सीमाभित्र अनुसन्धान प्रतिवेदन पेस नहुने भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालका अनुसार प्रहरीले बुधवार अनुसन्धान प्रतिवेदन नबुझाउने निर्णय गरेको बताएका छन् । रिजालले भने, ‘अनुसन्धान सकिएको छैन ।’

हालसम्म यो प्रकरणमा १४ जना थुनामा छन् । प्रहरीले उनीहरुविरुद्ध सङ्गठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । सङ्गठित अपराधमा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । सुरुमा पक्राउ परेका आरोपीहरू ५४ दिनदेखि हिरासतमा छन् । पछि पक्राउ परेकाहरूको पनि सुरुमा पक्राउ परेका आरोपीसँग म्याद मिलान हुन्छ ।

अनुसन्धान सुरु भएको ५४ औँ दिनमा १४ जनालाई नै प्रहरीले अदालतमा उपस्थित गराउँदै छ । सबै आरोपीलाई बुधवार म्याद थपका लागि उपस्थित गराइने एसपी रिजालले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ३, २०८० बुधबार  १ : १४ बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।