Logo

राजनीति

प्रतिनिधिसभाबाट नियम निलम्बन प्रस्ताव पारितपछि सुरु भयाे प्रधानमन्त्रीसँग प्रश्नाेत्तर



काठमाडौं । प्रतिनिधिसभाले नियम निलम्बनको प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिछेद (न) मा रहेको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर अन्तर्गत सोही नियमावलीको नियम ५६ को उपनियम ५ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्दा एक दिनको बैठकमा बढीमा १५ जनाले मात्र प्रश्न सोध्न सक्ने व्यवस्था छ ।

तर आजको बैठकमा उक्त व्यवस्था लागु गर्न नसक्ने विशिष्ट परिस्थिति उत्पन्न भएकाले यो प्रावधानलाई आजको बैठकका लागि मात्र लिलम्बन गर्न कांग्रेस प्रमुख सचेतकले राखेको प्रस्ताव सर्वसहमतिले पारित गरेको हो । प्रधानमन्त्रीसँग धेरै सांसदले प्रश्न गर्न चाहेपछि आजका लागि यो नियम निलम्बन गरिएको हो ।

यससँगै प्रधानमन्त्रीसँग प्रश्नाेत्तर सुरु भएकाे छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १३:१५   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।