Logo

प्रमुख समाचार

संसद्‍मा प्रधानमन्त्रीलाई प्रश्न : ‘लडाकु शिविर प्रकरण’ छानबिन गर्न तयार हो ?



काठमाडौं । राप्रपाका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लडाकु शिविर प्रकरण छानबिन गर्न तयार हो ? भन्दै प्रश्न गरेका छन् । बिहीबारका प्रतिनिधिसभा बैठकमा उनले नक्कली भुटानी शरणाार्थी प्रकरणबारे सरकारको कदमको प्रशंसा गर्दै लडाकु शिविर प्रकरण पनि छानिबन गर्न तयार हुनुपर्ने बताएका हुन् ।

उनले सरकारी कर्मचारीमा विशेष गरेर सुक्षाकर्मी विगत ४ मिहनादेखि लब खान नपाएका भन्दै यसबारे कहिले कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रश्न सोधेका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले लडाकु शिविर प्रकरणबारे राजनीतिक पूर्वाग्रह राखेर पटक पटक आरोप लगाइएको भन्दै आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार  १ : ३९ बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।