काठमाडौं । प्रतिनिधिसभासभाको आज (बिहीबार)को बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुले प्रश्नोत्तर गरे । सोही क्रममा नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डमाथि व्यांग्य गरे ।
सभामुखले प्रश्न सोध्न समय दिएपछि सांसद पन्तले रोष्ट्रममा उभिइरहेका प्रधानमन्त्रीतिर हेर्दै भने, ‘धेरै दिनपछि प्रधानमन्त्रीलाई देख्न पाइएकोले हो कि खै किन हो, कि मेरो आँखाको भ्रम हो । आज प्रधानमन्त्री ह्याण्डसम ह्याण्डसम देखिनुभा’छ । खाइलाग्दो देखिनुभा’छ ।’ पन्तले छिट्टै उसैगरी सबै जनता पनि ह्याण्डसम देखिउन् भने ।
सांसद पन्तले प्रधानमन्त्रीलाई सोध्नुअघि नै प्रश्नहरु संचार माध्यमा आएकोमा आपत्ति जनाउनुअघि प्रधानमन्त्रीमाथि यसरी व्यांग्य गरेका हुन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ईपीजी प्रतिवेदन र मिचिएका नेपाली भूमि फिर्ताका विषय समेटिन्छ कि समेटिन्न भन्ने प्रश्न गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले पनि सांसद पन्तको जवाफ क्रमंशः दिँदै गए । उनले भने, ‘म धेरै खाइलाग्दो छु जस्तो लाग्दैन । तर मेरो तौल चाहिँ घटेको छ । मलाई राम्रो देख्ने माननीय ज्यूको आँखालाई पनि धन्यवाद !’
त्यसपछि प्रधानमन्त्री सांसद पन्तका अन्य प्रश्नको जवाफ दिनतिर लागे । ‘हाम्रो जमिनसम्बन्धी हामीले प्रष्ट भनेका छौं । हामीले आफ्नो एक इन्च पनि छाड्दैनौं र अरुको पनि चाहिँदैन’, उनले भने, ‘यसका विषयमा भारत सरकारसँग कुरा हुन्छ ।’
नेपालको राष्ट्रिय हित, एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको भ्रम पर्न नदिइने उनले स्पष्ट पारे । सीमासम्बन्धी सबै समस्या कुटनीतिक माध्यमबाट समाधान गरी छिमेकीसँगको सम्बन्ध सुमधुर राख्न सरकार प्रयत्नशील रहेको बताएको । उनले नेपालको बृहत्तर हित अभिवृद्धि गर्ने कार्यमा सरकार केन्द्रीत रहने बताए ।
प्रतिक्रिया