Logo

प्रमुख समाचार

भ्रष्टाचारको काण्डमा सबै ठूला दलको संलग्नता छ : राजेन्द्र लिङ्देन




काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भ्रष्टाचारको काण्डमा ठूला दलका नेताहरुको संलग्नता रहेको आरोप लगाएका छन् । काठमाडौंको वसन्तपुरमा (आज) बिहीबार आयोजित भ्रष्टाचारविरोधी प्रदर्शनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा ठूला दलहरुको सर्वदलीय सहमति रहेका जिकिर गरे ।

‘ठूला भ्रष्टाचारका काण्डहरुमा सबै दलका ठूला दलका नेताहरुको संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचार मुद्दा सार्वजनिक भए पनि आयोग गठन गर्ने, अनुसन्धान गर्ने नाममा फासफुस बनेर गएका छन्’, उनले भने, ‘यो कुरा अहिले यो प्रमाणित भएको छ ।’ अध्यक्ष लिङदेनले गाउँघरतिर नेता आउँदा चोर आए भन्छन् भनेर दिएको अभिव्यक्ति अहिले पुष्टि भएको पनि बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १५:४०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।