Logo

प्रमुख समाचार

राज्य थला पर्दा सत्तानिकट व्यापारीको सम्पत्ति ४० अर्ब बढ्यो : महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्य थला पर्दा सत्तानिकटका व्यापारीरुको सम्पत्ति अर्बौं वृद्धि भएको भन्दै यसबाटै कमजोरी कहाँ छ भन्ने स्पष्ट हुने बताएका छन् । राज्य थला पर्दा सत्तानिकट व्यापारीको सम्पत्ति ४० अर्ब बढेको भन्दै गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाए ।

पार्टी कार्यलय च्यासलमा अनेरास्ववियुद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले, ‘यो मुलुकको अर्थतन्त्र जतिबेला संकटमा पर्यो। यही बर्ष एकजना उद्योगपतिको सम्पत्ति ४० अर्ब वृद्धि भयो। राज्य थला पर्ने सत्तासँग नजिक भएको व्यापारीको ४० अर्ब बढ्ने भनेपछि कमजोरी कहाँ छ भन्ने स्पष्ट छैन र रु’
अहिले राजस्व नउठेर हालत चौपट भएको बताए । ‘एमाले सरकारमा आएको बेलामा जहिले पनि राजस्व वृद्धि हुन्छ । तर, अहिले राजस्व नउठेर हालत चौपट भएको छ’, उनले भने, ‘त्यसको जिम्मेवारी अहिलेको गठबन्धनले लिनु पर्दैन र ?’

महासचिव पोखरेलले अहिले समाजमा राजनीतिक अराजकता मौलाएको बताए । एमाले सरकारबाट नहटेको भए राज्यमा कुनै संकट नहुने उनको दाबी छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १७:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।